पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखराको स्ववियु चुनावमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको समूह विजयी भएको छ ।
आइतबार भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम अनुसार अनेरास्ववियुका समीर कार्की अध्यक्षमा निर्वाचित भए । उनले २ सय ९५ मत ल्याएर विजयी हुँदा प्रतिष्पर्धी नेविसंघका मुबारक अलीले १ सय ३६ मत पाए । सचिवमा अखिल क्रान्तिकारीका धीराजन परियार निर्वाचित भए । उनले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा सुस्मिता कोइराला निर्वाचित भइन् । उनले २ सय ८२ ल्याइन् । प्रतिस्पर्धी नेविसंघकी कीर्ति कँडेलले १ सय ४७ मत ल्याइन् ।
सदस्यमा महादेवसिंह कुशवाह, अनिशा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित भए । ४ सय ८० मतदातामध्ये ४ सय ३४ मत खसेको थियो ।
यसअघि विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेविसंघ र अखिल (क्रान्तिकारी) ले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्दा निर्धारित ५ चैतको चुनाव हुन सकेको थिएन । चुनावका लागि एमाले निकटको अनेरास्ववियु र माओवादी निकटको अखिल क्रान्तिकारीले गठबन्धन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१