नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ सर्दीको भेडीगाउँ नजिकैको जंगलमा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले विस्फोटक पदार्थ भेटिएको सूचना आएको तर प्रहरी घटनास्थलमा पुग्नै बाँकी रहेको बताए । उनले भने – जंगलमा विस्फोटक पदार्थ भेटिएको खबर आएको छ । घटना स्थल जंगलमा भएकोले प्रहरी पुग्न समय लागेको छ ।
पाठकका अनुसार स्थानीयले जंगलमा विस्फोट पदार्थ भेटेर प्रहरीलाई खबर गरेको हो । स्थानीयले देखेपछि घर आएर अबेर साँझ मात्र प्रहरीलाई खबर गरेको थियो ।
बाख्रा चराउन गएको गोठालाले जंगलमा पहिरो गएको ठाउँमा बम फेला पारेको स्थानीय रुकेश तमारुले बताए ।
उनका अनुसार ठूला ठूला आकारका ९ वटा बम रहेका छन् । उनले भने – ठूलाठूला विस्फोटक पदार्थ ९ थान भेटिएको छ । माओवादी जनयुद्धका बेला सेना वा माओवादी लडाकुले छाडेको बम हुनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१