जुत्ता व्यवसायीको सभा

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७९
Jutta Byabasai News

पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको छैटौं साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघीय सांसद मनबहादुर गुरुङले साधारणसभा उद्घाटन गर्दै देशको अर्थतन्त्र बिग्रदै गएको बताउँदै रोजगारीका स्रोत नहुँदा नेपालीहरू विदेशिनु परेको उल्लेख गरे । उनले यहीं केही गरी जीविकोपार्जन गर्छु भन्नेहरूलाई व्यवसायमैत्री वातावरण नभएकाले अब यी सबै कुराको समाधान निकाल्न जरुरी भएको बताए ।

कार्यक्रममा पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष बालकृष्ण निउरे, थोक व्यवसायी संघ कास्कीका अध्यक्ष टीकाराम सुवेदी, संस्थाका सल्लाहकार दुर्गा सुवेदी, संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली, निवर्तमान अध्यक्ष मोहनराज पौडेललगायतले बैंकको चर्को ब्याजदर, घरभाडाका समस्या, व्यवसायीप्रतिको सरकारको उदासिनता, भ्याटट्याक्सले व्यवसायीलाई पारेको अप्ठेरोलगायत अवस्थाबारे बताउँदै अनुकूलको वातावरण सरकारले बनाउन नसकेको धारणा राखे ।

कार्यक्रममा संस्थालाई सरसहयोग गर्ने व्यक्ति, पुराना व्यसायी कृष्णप्रसाद पौडेल, कक्षा १२ पास गर्ने छात्रछात्रा, संस्थाका संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष वेदप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव हेमकृष्ण श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै