पोखरा, १० चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराले बिक्री केन्द्र विस्तार गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको यो कार्यालयले यही चैत ८ गतेदेखि पोखराको पृथ्वीचोकमा पनि आफ्नो बिक्री केन्द्र स्थापना गरेको हो ।
प्रादेशिक कार्यालय रहेको पोखरा बिरौटाबाट सर्वसाधरणलाई सुलभ दरमा गुणस्तरीय चामल बिक्री गर्दै आएको लिमिटेडले पृथ्वीचोकस्थित साविक नेसनल ट्रेडिङ लिमिटेडको कम्पाउन्डभित्र रहेको नेपाल खाद्य बिक्री कक्षाबाट नयाँ बिक्री थालनी गरेको निमित्त प्रादेशिक प्रमुख नवीन बस्नेतले जानकारी दिए ।
बजार मूल्य नियन्त्रणमा भूमिका खेल्ने गरी सर्वसाधरणलाई सुपथ र सहुलियत मूल्यमा चामल बिक्रीको थालनी गरिएको जानकारी दिँदै उनले नेपाल सरकारले दिएको सहुलियत सेवाको फाइदा उठाउन आग्रह गरे ।
प्रादेशिक कार्यालयका सूचना अधिकारी रञ्जना केसीका अनुसार स्टिम जिरा चामल प्रति २५ किलोग्राम बोराको १ हजार ७ सय ५० रुपैयाँ र अरुवा सोना मन्सुली चामल प्रति ३० किलोग्राम बोराको १ हजार ५ सय ३९ रुपैयाँमा उपभोक्ताले केन्द्रबाट खरिद गर्न सक्छन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१