अन्तरबटालियन भलिबल

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७९
Pension Camp (1)

पोखरा । भारतीय पेन्सन वितरण कार्यालय पोखरामा बुधबारदेखि अन्तरबटालियन भूपू भलिबल प्रतियोगिता सुरु भएको छ ।

कार्यालयका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह बगेलले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए । भारतीय स्वतन्त्रताको अमृत महोत्सव अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

१८ चैतसम्म संचालन हुने प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । लिग कम नकआउट आधारमा हुने प्रतिस्पर्धा वेस्ट अफ थ्रि सेट तथा सेमिफाइनल वेस्ट अफ फाइभ सेटका आधारमा खेलाइने छ ।

पहिलो दिनका ३ प्रतिस्पर्धामा ६/८ जिआर, ३/५ जिआर र भारतीय पेन्सन वितरण कार्यालयको टोलीले जितेका छन् । २/१ जिआर, ४/८ जिआर र ४/१ जिआर क्रमशः पराजित भएका छन् ।

बिहीबार ३/८ जिआरसँग २/३ जिआर, ४/५ जिआरसँग १/९ जिआर र २/८ जिआरसँग ३/९ जिआर प्रतिस्पर्धा गर्नेछन् । चैत ११ सम्म दैनिक ३ खेल र १२ देखि १४ सम्म ४ खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै