पोखरा । विकास बैंकको साझा संस्था ‘डेभलपमेन्ट बैंंकर्स एसाेसिएसन नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ । सो संस्थाका अध्यक्षमा साग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न संस्थाको १७औँ वार्षिक साधारणसभाले कार्यसमितिका पदाधिकारी चयन गरेको हो ।
उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा चयन भएका छन् ।
त्यस्तै, सदस्यमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कट्टेल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले विकास बैंकको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आजका विकास बैंक व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकजस्तै रहेको बताए । कूल ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका विकास बैंकको उपलब्धि भएको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ
ग्रीन बैंकको वार्षिक साधारणसभा
ग्रिन बैंक र फिस्टेलबीच सम्झौता
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय
गभर्नरलाई पर्यटन व्यवसायीको ज्ञापन, चर्को बैंक ब्याजदरले उठिवास
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१