५/८ गोर्खा राइफल्सको स्थापना दिवस

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७९
Sainik news (2)

पोखरा, १ चैत । ५/८ गोर्खा राइफल्स (सिरमुर) भूपू परिवारले आफ्नो ८२ औं स्थापना दिवस बुधबार पोखरामा मनाएको छ । सिरमुर भूपू परिवार पोखराले आयोजना गरेको कार्यक्रममा ३ सय भूपू सैनिकले भाग लिएका थिए ।

एकआपसमा भेटघाट, पुराना सम्झना साटासाट र भाइचारा अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव निमबहादुर गुरुङले जानकारी दिए । ९६ वर्षीय हवल्दार कुलबहादुर गुरुङलाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । स्थापना दिवसका अवसरमा केक काटेर पूर्व सैनिकहरुले एकआपसमा खुसी साटेका थिए । कार्यक्रममा भारतीय र बेलायती सिरमुरका पूर्व सैनिकहरुको उपस्थिति थियो ।

सो अवसरमा संस्थाका प्रथम उपाध्यक्ष क्याप्टेन भुपरजंग गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । ब्रिटिस सिरमुरका क्याप्टेन कर्णबहादुर थापा, आयोजक संस्थाका सल्लाहकार सुेवेदार मेजर क्याप्टेन लालप्रसाद गुरुङ, कोषाध्यक्ष सुवेदार गिरबहादुर गुरुङ लगायतले भनाइ राखेका थिए । असुमे भीमबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै