पिएनमा कार्यशाला गोष्ठी

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७९
seminar

पोखरा । अंग्रेजी शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस (पिएन) मा कार्यशाला गोष्ठी भएको छ । काससेडिङ नलेज एन्ड एक्सपेरियन्स विषयमा गुणात्मक अनुसन्धानबारे २ दिनसम्म चलेको गोष्ठीमा शिक्षा संकायका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारीले अंग्रेजी शिक्षा विभागले गरेका रचनात्मक तथा अनुसन्धानात्मक कार्यको प्रशंसा गर्दै अन्य विभागहरुले यसलाई नमुनाको रुपमा लिई अनुशरण गर्नुपर्ने बताए ।

विभागीय प्रमुख सहप्राडा नवराज न्यौपानेले अंग्रेजी शिक्षा विभागले गरेका अनुसन्धनात्मक गतिविधि र अनुसन्धानको वर्तमान अवस्थाको बारेमा जानकारी दिए । सहजकर्ता इङलिस ल्याङ्बेज फेलोका डा. टुन्डी सपाईले अनुसन्धानको आधुनिक पद्दति र विश्वविद्यालयमा यसको महत्वको बारेमा प्रकाश पारेकी थिइन् ।

विभागका २० प्राध्यापकले भाग लिएको गोष्ठीमा विभागीय सदस्य नवीना रोकाहा, नारायणप्रसाद सापकोटा, पिताम्बर गौतम र डा. पिताम्बर पौडेलल, डा पित्रिराज बास्तोलाले बोलेको विभागीय सदस्य बोधराज गौतमले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width