अक्सफोर्ड स्कुलमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७९
Oxford

पोखरा । पोखरा १३, बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रम एनप्याप्सन कास्कीका उपाध्यक्ष केशवशरण उपाध्यायले उद्घाटन गरे । उपाध्यक्ष उपाध्यायले विद्यार्थीमा हुर्नैपर्ने महŒवपूर्ण कुरा अनुशासन भएको बताउँदै विद्यालयमा सिकेको ज्ञानलाई व्यावहारिकतामा जोड्नुपर्ने सुझाव दिए ।

विद्यालयका प्रिन्सिपल प्रेमराज अधिकारीले विद्यार्थी, शिक्षक, अभिभावकको सहयोगबाट विद्यालय निरन्तर अघि बढ्न सम्भव भएको भन्दै आगामी दिनमा पनि सहकार्य गरिने बताए ।

कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । एसइई ब्याच २०७४ देखि ७८ सम्मका विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

एकल गायन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका छात्र तथा लोक गायक प्रिन्स लम्सालले विशेष प्रस्तुति राखेका थिए ।

कार्यक्रममा लोक तथा दोहोरी गायक राजन कार्की र तुलसा क्षेत्रीले गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक घनश्याम आचार्यले स्वागत र शिक्षक विनोदराज आचार्यले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width