देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७९
Book News (2)

पोखरा । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को अव्यक्त पीडा (मुक्तक संग्रह) र दोषी नजर (गीति एल्बम) शुक्रबार लोकार्पण भयो । कृतिको वरिष्ठ संगीतकार शक्ति बल्लभ, साहित्यकार सरुभक्त, प्राज्ञ हरिदेवी कोइरालालगायतले संयुक्त लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि शक्ति बल्लभले पछिल्लो समय देखिएका उर्वर प्रतिभाहरुमध्ये देवेन्द्र केसी एक भएको उल्लेख गरे । उनले केसीका रचनामा चेतना साहित्यका चोटिला भावना रहेको बताए ।

सरुभक्तले पोखरेली मुक्तक क्षेत्रमा केसीको मुक्तकको छुट्टै छाप रहने बताउँदै मुक्तक विधा लोकप्रिय बन्दै गएको धारणा राखे । प्राज्ञ हरिदेवी कोइरालाले केसीको साधना र भावना उनकै कृतिबाट बुझ्न सकिने बताइन् ।

साहित्यकार धनेन्द्र ओझाले कृति समीक्षा गर्दै केसीले दुराग्रहविरुद्ध आवाज उठाएको बताए ।

कार्यक्रममा समाजसेवी रमेशबहादुर भट्टराई, मोहन केसी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले शुभकामना व्यक्त गरेका थिए ।

स्रष्टा केसीले कृतिमा संग्रहित मुक्तक र गीत प्रस्तुत गरेका थिए । गीति एल्बमबाट कलाकार रामभक्त जोजिजु, नवीन कार्की र कर्ण दासले गीत प्रस्तुत गरे ।

हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) गण्डकी उपाध्यक्ष दुर्गा न्यौपानेले स्वागत र महासचिव असफल गौतमले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै