आज अन्तर्राष्ट्रिय नारी दिवस हो । यो अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु राखी विश्वभर नारी दिवस मनाइरहेका छन् । नेपालमा पनि नारीवादी संघ संस्थाहरुले विभिन्न गोष्ठीहरुको आयोजना गरी यो दिवस मनाइरहेका छन् । नारीहरुले प्राप्त गरेका राजनीतिक, सामाजिक, आर्थिक हक अधिकारका सम्बन्धमा समीक्षा गर्नु र आगामी दिनमा के–कस्तो कदम चालेर नारी उत्थान गर्न सकिन्छ भन्ने सम्बन्धमा विमर्श गर्नु समायोचित कुरा हो । नेपाली नारीहरुले पुरुष सरह नै राजनीतिक आन्दोलनमा सरिक भएर योगदान गरेका छन् । त्यही योगदानको कदर गरेर नारीहरुलाई पुरुष सरहको हक अधिकार हुनु पर्दछ भन्ने आवाज बुलन्द भइरहेको छ । सैद्धान्तिक रुपले पुरुषहरुले यो कुरा स्वीकार गर्दछन् । तर व्यवहारमा भने मुठ्ठी पार्ने गर्दछन् । जसले गर्दा महिलाहरुले अपेक्षा गरेअनुसारको अधिकार प्राप्त गर्न सकेका छैनन् ।
संयुक्त राष्ट्र संघले समेत महिलाहरुलाई आफ्नो हक अधिकारबारे सचेत बनाउने सम्बन्धमा विभिन्न कार्यक्रमहरु ल्याएका छन् । राष्ट्र संघले नारी दिवस घोषणा गरेको पनि नारीको हक अधिकारप्रति सबैको ध्यान जाओस् भनेर हो । त्यसरी ध्यान आकर्षित गर्न वर्षको एक पटक मात्र नारी दिवस मानेर नभएपछि सन् १९७५ लाई नै त्यस विश्व संस्थाले अन्तर्राष्ट्रिय नारी वर्ष घोषणा गरेको थियो । त्यसले केही प्रतिफल दिएकोले त्यस संस्थाले नारी दशक पनि घोषणा ग¥यो । त्यस दशकमा राष्ट्र संघकै आयोजनामा ठूल्ठूला विश्वस्तरीय महिला सम्मेलनहरु आयोजना गरियो । ती सम्मेलनहरुले ऐन, कानुनको सुधार्नेदेखि आर्थिक सबलीकरणमा पनि विभिन्न सिफारिसहरु गरे । नेपालमा पनि त्यस विश्व सम्मेलनको राम्रो प्रभाव परेको र स्थितिमा क्रमिक सुधार आएको छ ।
नेपालमा त्यसरी सुधार भएको बाह्य प्रभावले मात्र होइन । नेपाली महिलाहरुले राणाकालदेखि नै नारी मुक्तिको प्रयास गर्दै आएको स्मरणीय छ । भोजपुरमा जन्मेका योगमायाले सती प्रथा, दास प्रथा, छुवाछुत प्रथादेखि महिलामाथि भएको शोषणविरुद्धमा आवाज उठाएर जुद्ध शमशेर समक्ष माग प्रस्तुत गरेका थिए । त्यो माग पूरा नगरेकोले उनले २ सय ४० जना सहभागीका साथ आत्मदाह गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले त्यो आत्मदाह रोक्न तिनीहरुलाई जेल राखे । तिनीहरु केही समयपछि जेलबाट मुक्त त भए, तर माग पूरा भएन । माग पूरा नभएकोमा १९९८ सालमा उनी लगायत ६८ जना सहयोगीहरुले अरुण नदीमा जल समधि लिएर आत्महत्या गरे । त्यो घटना विश्वको ठूलो सामूहिक आत्महत्यामा गनिन्छ । त्यस्ता त्यागीहरु नेपाली इतिहासमा देखिन्छ । त्यसपछि दिव्या कोइराला, साधना प्रधान, मंगलादेवी सिंहहरुले पनि महिला उत्थानको लागि ठूलो योगदान गरेका छन् । विगतका त्यस्ता प्रयासहरुले गर्दा नेपालमा महिलाहरुको भूमिका महत्वपूर्ण भएको छ । आज हामी ती सबै अग्रणी महिलाहरुलाई सम्झन चाहन्छौं र उनीहरुको प्रयासको उच्च मूल्यांकन गर्दै उनीहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१