दैलेखको सन्देश

सम्पादक
माघ १२, २०६९

१. अहिले फेरि एकपटक सबैको ध्यान दैलेख पुगेको छ। दैलेखमा अस्ित सोमबार सत्तारूढ एकीकृत माओवादी पार्टी र विपक्षी पार्टीहरूका बीच भिडन्त भयो। पटक-पटक भएको भिडन्तमा दर्जनौं कार्यकर्ता घाइते भएका छन्। दैलेखमा सोमबार एकीकृत माओवादी पार्टीो जिल्ला अधिवेशन आयोजना गरिएको थियो भने प्रतिपक्षी पार्टीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दैलेख पस्न नदिन त्यहाँ बन्द र विरोध सभाको आयोजना गरेका थिए।

२.     यसअघि पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा समातिएका अभियुक्तहरूलाई बयान रोक्न प्रधानमन्त्री भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले लिखित आदेश दिँदा दैलेख चर्चामा पुगेको थियो। त्यो चर्चा सेलाउन नपाउँदै विपक्षी पार्टीहरूले सरकार विरुद्धको आन्दोलन दैलेखबाट प्रारम्भ गरे। जुन आन्दोलन देशको विभिन्न मागमा पुगेको छ।

३.     दैलेखमा सोमबार आन्दोलनकारीहरूले माओवादी सभामा ढु·ा प्रहार गरी सभा विथोल्ने प्रयास गरे। आन्दोलनकारीहरूले माओवादी शीर्ष नेताहरूलाई आर्मी क्याम्पको हेलिप्याडबाट बाहिर निस्कन पनि रोक्ने प्रयास गरेका थिए। प्रहरीले अश्रुग्याँस प्रहार र ब्ल्याक फायर गरी आदोलनकारीहरूलाई तितरवितर गरेका थिए।

४. आन्दोलनकारीहरूले दैलेखमा रहेको माओवादी कार्यालयमा तोडफोड र आगजनी पनि गरेका थिए। त्यस्तै गरी एकीकृत माओवादी पक्षधरहरूले तेस्रो आँखा राष्ट्रिय दैनिकको कार्यालय तोडफोड गरी कार्यालयका कम्प्युटर र मेचहरू सडकमा मिल्काएका थिए। ती दुवै पक्ष त्यसरी तोडफोड र भिडन्तको लागि स्थिति आउनु दुर्भाग्य हो।

५. लोकतन्त्रमा विचारको स्वतन्त्रता हुन्छ। त्यो स्वतन्त्रतामा कसैले हस्तक्षेप गर्न पाउँदैन। तर दैलेखमा दुवै पक्षले त्यो स्वतन्त्रताको विरुद्धमा आ-आफ्नो बहादुरी देखाए। एउटा पत्रिकाको कार्यालयमा पसी तोडफोड गर्नु कदापि उचित होइन। नेपाल पत्रकार महासङ्घले एकीकृत माओवादी कार्यकर्ताको त्यो हरकतको कडा शब्दमा निन्दा गरेको छ।

६. दैलेखबासीहरू प्रधानमन्त्री भट्टराईसँग क्रुद्ध भएका छन्। उनीहरूले त्यस्तो बेलामा प्रधानमन्त्री त्यहा पुग्नु उनीहरूले आफ्नो घाउमा नुनचुक र्छन आएका सम्झेका छन्। दैलेखबासीहरूले आ-आफ्नो घरमा कालो झण्डा राखेर विरोध जनाइरहेको अवस्थालाई सरकारमा बस्नेहरूले किंचित मात्र भए पनि सोच्नुपर्ने थियो, प्रधानमन्त्रीले त्यो सोचेको देखिँदैन।

७.     दैलेख घटना दुर्भाग्यको घटना हो। त्यस्तो घटना फेरि दोहोरिन दिनु हुन्न। त्यो कुरा सत्तारूढ पार्टी सरकार र प्रतिपक्षी पार्टीहरू सबैले बुझ्नुपर्दछ। पार्टीहरूले सहमति भन्दाभन्दै असहमतितिर गएर देश त बिगारेकै छन्। अब फेरि त्यस्तो भिडन्तले स्थिति अरु नाजुक भयावह बनाउने छ। त्यस्तो स्थिति निम्त्याउनु कसैको पनि हितमा छैन। त्यसकारण त्यसमा सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्दछ। यसलाई दैलेखको सन्देशको रूपमा लिनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width