दोस्रो राइनास कप : रोयल फ्रेन्डसिपलाई उपाधि

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७९
Gaulitar Football Samapamn- 1

लमजुङ । दोस्रो राइनास कप खुला फुटबल प्रतियोगिता उपाधि रोयल फ्रेन्डसिप युवा क्लब, लमजुङले जितेको छ ।

राइनास ६, धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेलमैदानमा भएको फाइनलमा कालिका युवा क्लब भण्डारथोक गोरखालाई २–० अन्तरले हराउँदै उपाधि जितेको हो ।

विजेता रोयलले २ लाख नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता कालिकाले १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ ।

रोयलका रोशन क्षत्री सर्वाधिक गोलकर्ता, सागर गुरुङ उत्कृष्ट खेलाडी र लिलजंग तामाङले उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् । तिनै जनालाई जनही ५ हजारसहित प्रमाणपत्र पुरस्कार दिइएको आयोजक गौलीटार क्षेत्रीय खेल मैदान समिति अध्यक्ष किरण श्रेष्ठले बताए । हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरी १/१ हजार रुपैयाँ दिइएको थियो । सेमिफाइलिस्ट मस्र्याङदी युवा क्लब गोरखा र विवाईसी भोटेओडार लमजुङलाई २०/२० हजार रुपैयाँ प्रदान गरिएको छ ।

विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले पुरस्कार वितरण गरेका हुन् । समापनमा राइनास नगर प्रमुख खड्गवहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, राइनास ६ का वडाध्यक्ष गोविन्दराज चिलुवाल सहित विभिन्न दलका प्रतिनिधि, क्लबका पूर्व पदाधिकारी, स्थानीय समाजसेवी लगायत रहेको आयोजक समिति सचिव सीताराम पाण्डेले जनाए । प्रतियोगितामा लमजुङ, गोरखा र तनहुँका गरी १८ टिमले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width