काहुँ धरहरा पर्यटक महोत्सवको कविता वाचनमा तारानाथ प्रथम

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
kahu

पोखरा । काहुँ धरहरा पर्यटक महोत्सव–२०७९ अन्तर्गत कविता वाचन प्रतियोगिता भएको छ । १७ जना प्रतियोगीमध्ये तारानाथ पराजुली प्रथम, सजिना पौडेल द्वितीय र निकेस गिरी तृतीय भएको प्रतियोगिता संयोजक भरत आचार्यले बताए ।

प्रतियोगिताका लागि प्राप्त ३९ रचनामध्ये १७ कविको रचना वाचन भएको हो । कविता वाचन कार्यक्रम कवि तथा लघुकथाकार शुभ शर्माले संचालन गरेका हुन् भने निर्णायकमा कविहरु प्रा. शिव त्रिपाठी, कवि आँसुशरण र माधव खतिवडा थिए ।

जनकल्याण युवा क्लबको काहुँडाँडामा गत ४ फागुनदेखि सुरु काहुँ धरहरा पर्यटन महोत्सव १४ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रममध्येको आकर्षणको रुपमा कविता प्रतियोगिता थियो ।

जनकल्याण युवा क्लब अध्यक्ष देव गुरुङले पोखरा आफंैमा कला र साहित्यको राजधानी भएको बताउँदै काहुँ महोत्सव सफलताउन्मुख भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै