ध्रुवचन्द्रका उपन्यासमा मानव सम्बन्धको खोजी

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
dhruvachandra ka upannyas

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थापक सदस्य एवं उपप्राध्यापक श्रीधर न्यौपानेले आख्यानपुरुष ध्रुवचन्द्र गौतमको उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासमा मानव सम्बन्ध शीर्षकको अनुसन्धानपत्रमार्फत् कृतिलाई अस्तित्ववादी जीवनदृष्टिबाट निरुपण गरे । उनले कृतिमा मानव अस्तित्वको साधक, अन्य अस्तित्वको बाधक र अन्यसँग द्वन्द्वात्मक सम्बन्ध रहेको देखाए ।

उपन्यासमा प्रमुख भूमिकामा रहेका पात्रहरु लक्ष्मी र रविले एक अर्कालाई अस्तिŒवको साधक र बाधकका रुपमा लिँदा ती दुई पात्रबीचमा द्वन्द्वात्मक सम्बन्ध रहेको कुरा आख्यानात्मक र नाटकीय शैलीमा प्रस्तुत गरिएको बताए । गौतमका २८ ओटा उपन्यासमध्ये यो नवौं उपन्यासमा मानिसले आफ्नो अस्तित्व प्रमाणित गर्छ भन्ने तथ्यलाई उपन्यासका साक्ष्य, दार्शनिक पक्ष र अस्तित्ववादी सिद्धान्तका कोणबाट स्पष्ट पारे ।

अनुसन्धान पत्रमाथि समीक्षा गर्दै डा. भूमिराज बस्ताकोटीले अनुसन्धानपत्रमा मानव सम्बन्धलाई बहुआयामिक कोणबाट चर्चा गरिएको बताए । उनले अनुसन्धानपत्र लेखनमा अनुच्छेद विन्यास र संसक्तिगत पक्षमा जोड दिनुपर्ने सुझाव दिए । उनले अनुसन्धानपत्रलाई अझ वस्तुपरक र अनुसन्धानमूलक बनाउन राम्रो हुने तर्क राखे ।

कार्यक्रममा सुरज पौडेल, डा. लक्ष्मीशरण अधिकारी, डा.सबिन्द्रराज भण्डारी, सुलोचना खनाल, सूर्यभक्त सिग्देललगायतले विभिन्न टिप्पणी र जिज्ञासा राखेका थिए । कार्यक्रममा हिममाया पौडेल र रेशम सुवेदीले सिर्जना सुनाएका थिए । कार्यक्रममा आजीवन सदस्य प्राडा यामबहादुर पौडेल क्षत्रीलाई सम्मान र आर्थिक सहयोग गर्नुहुने उपप्राध्यापक रामेश्वर बराललाई धन्यवाद ज्ञापन गरिएको थियो ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिबार सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक कार्यक्रम गर्दै आएको छ ्र

Related News

सम्बन्धित समाचार

hero news full width