समता सांगीतिक कार्यक्रमको ९६ औं शृंखला

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
samata kabyas

पोखरा ।  समता सांगीतिक कार्यक्रमको ९६ औं शृंखला शनिबार सम्पन्न भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक २ महिनामा यस्तो श्रृंखला आयोजना गर्दै आएको छ ।
लामो अन्तरालपछि सञ्चालित सो कार्यक्रमले गीतसंगीतमा साधनारत नवप्रतिभाका लागि प्राप्त मञ्च आफैँमा पुल भएको भन्दै सहभागीले खुसी व्यक्त गरे ।

कार्यक्रममा गायक समीर गायक, जय चपागाईं, महिमा खड्का, प्रतिक शर्मा, सुरेश सुनार, पुष्प शर्मा, संस्कार गौतम, बुद्धि हमाल, सुश्मिता बास्तोला, अभिशेक भुसाल लगायत कलाकारले आफ्नो गायकी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वाद्यवादनतर्फ प्रिशिक्षक करण तामाङ, प्रशिक्षक खेम लामा, प्रशिक्षक अम्बर थापा, देवेन्द्र ढकाल, मिलन गिरी, समीर पुन, प्रतीक शर्मा, शर्मिला रोकायाले साथ दिएका थिए । संगीत संयोजक एमडि काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारलाई झलकमान सारङ्गी पाठशालाका प्रशिक्षार्थीले मंगलधुन बजाएर स्वागत थिए भने सचिव डा. चैतन्य अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै