पोखरा । छन्दायक एवं महाकाव्यकार माधव वियोगी शिवतुलसा छन्दरथी साहित्य पुरस्कार र दधिस्मृति साहित्य सम्मान–२०७९ बाट सम्मानित भएका छन् ।
दधिस्मृति साहित्य समाज कपिलबस्तुद्वारा मंगलबार आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थी र प्राज्ञ बुँद रानाले उक्त पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
छन्द बचाऊँ अभियान–२०५३ र महाकाव्यलेखन अभियान–२०६० का माध्यमबाट छन्द र महाकाव्यको बिस्तार र स्तरोन्नतिमा विशिष्ट योगदान गरेकाले छन्दनायक वियोगीलाई उक्त पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री पन्थीले स्रष्टाहरूको कदर गर्नु सबैको कर्तव्य भएको जनाउँदै छन्दको विकास प्रतिबद्ध स्रष्टाको सम्मान गर्न पाउँदा खुसी लागेको जनाए । प्राज्ञ बुँद रानाले छन्दको खडेरी परेका बखत आफ्नो सम्पूर्ण शक्ति लगाएर अभियानमार्फत छन्द बचाउने उत्कृष्ट र यसलाई विश्वव्यापी पार्ने कार्यमा वियोगीको उत्कृष्ट योगदान रहेको बताए ।
छन्दनायक वियागीले आफूले छन्द र महाकाव्यको क्षेत्रमा गरेको योगदानको कदर भएकोमा प्रसन्नता व्यक्त गर्दै पुरस्कार र सम्मानले आगामी दिनमा अझ बढी भाषासाहित्यको सेवामा प्रतिबद्ध रहन प्रेरणा प्राप्त भएको बताए ।
समाजका संस्थापक ऋषिकेशव भारद्वाजले स्रष्टा परिचय प्रस्तुत गरेका थिए । साहित्यकारहरू देवी पन्थी, राजेन्द्र आचार्य, बाणगंगा नगर प्रमुख चक्रपाणि अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै, जोशिका कँडेल, आर्या त्रिपाठी, कविता अधिकारी, महाकाव्यकार छन्दिका घिमिरेले कविता वाचन गरेका थिए ।
सो अवसरमा साहित्यकार देवी पन्थी, राजेन्द्र आचार्य, दिलीप कार्की, मोहन ज्ञवाली, पार्वता शर्मा र आसुतोष कँडेललाई पनि सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन दुर्गा अधिकारीले गरेकी हुन् ।
जनप्रिय बहसमुखी क्याम्पसका पूर्व प्रमुख समेत रहेका छन्दनायक वियोगीका ८ महाकाव्यसहित ३१ कृति प्रकाशित छन् । उनी छन्द विश्वविद्यालय स्थापनाथामा सक्रिय छन् ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१