सर्वाधिक पुरस्कार राशिको रियालिटी सो

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७९
Mero voice and dance pr (2)

पोखरा । नेपालमा सर्वाधिक पुरस्कार राशिका मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको फिल्ड अडिसन सुरु भएको छ ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सोको अडिसन नेपालसहित भारतको सिलिगुडी सहरमा पनि हुनेछ । जसको सुरुआत १० फागुनमा बुटवलदेखि सुरु हुनेछ । बुटवलपछि सिलिगुडीमा फागुन १४ र १५, झापाको दमकमा फागुन २० र २१ तथा र काठमाडौंमा फागुन २७ र २८ गते हुनेछ । अडिसनमा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्नेछ । किनकि प्रतियोगी १८ वर्षको हुनैपर्छ ।

अडिसनमा छानिने प्रतियोगीहरुले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुने जनाइएको छ । विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने सुविधा छ ।

डिजिटल अडिसनमा सहभागीले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउनु पर्नेछ । त्यस बाहेक मेरो डान्स युनिभर्सको संस्कृतिक समुह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । डिजिटल अडिसनको अन्तिम मिती २८ फेब्रुअरीलाई तोकिएको छ ।

मेरो भ्वाइस युनिभर्स निर्णायकमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधा छन् भने मेरो डान्स युनिभर्समा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई छन् ।

मेरो भ्वाइस युनिभर्स विजेताले १ करोड, फस्ट रनर अपले ३० लाख र सेकेन्ड रनर अपले २० लाख रुपैयाँ पुरस्कार पाउने छन् । मेरो डान्स युनिभर्सका १ करोड, फस्ट रनर अपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने छन् । डान्स युनिभर्समा सांस्कृतिक समूह विधाको विजेताले २० लाख, फस्ट रनरअपले १० र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width