सांकेतिक भाषा तालिम सुरु

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७९
Bahira

पोखरा । सांकेतिक भाषा सिकोंं, बहिराहरुसँगको सञ्चारमा सहयोगी बनौं नाराका साथ बहिरा भाषा तालिम सुरु भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अपांग शाखा पाँचौं तह कर्मचारी राधादेवी विकले तालिम शुभारम्भ गरिन् । उनले सांकेतिक भाषा ३ महिना अवधिको तालिमले सञ्चारमा सुन्ने र बहिराबीचको मनका कुरा सहज व्यक्त गर्न सकिने भएकाले यस प्रकारमा तालिम अपरिहार्य भएको बताइन् ।

गण्डकी बहिरा संघका अध्यक्ष आइलाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार हरिप्रसाद बरालले संघले आफ्नो स्थापनादेखि सांकेतिक भाषा तालिमलाई जोड दिएको बताए ।

सिर्जना विकास केन्द्रका सचिव भीमप्रसाद सुवेदीले सांकेतिक भाषा खास गरी बहिराका अभिभावक लक्षित हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय अपांग महासंघ पोखराका केन्द्रीय सदस्य विष्णु सिग्देलले आफू पटक पटक तालिममा सहभागी भई भाषा सिकेको अनुभव सुनाए ।

संघका महासचिव किसान तामाङले सञ्चालन र दीपकप्रसाद पराजुलीले स्वागत गरेका थिए । तालिममा दोभाषे अन्जली सुनारले सहजीकरण गरेको संघका संस्थापक महासचिव सूर्यमोहन बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width