पब्लिक फोरके टिभीको नियमित प्रसारण

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७९
public 4k

पोखरा । फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् ।

नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए । ‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पिँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको उनले औंल्याए ।

पोखरा महानगरका मेयर धनराज आचार्यले टिभीको आधिकारिक वेबसाइट उद्घाटन गर्दै सकारात्मक सहयोग र खबरदारी गर्ने प्लेटफर्मका रुपमा आएको बताए । ‘हाम्रा कामलाई सकारात्मक ढंगले सहयोग गर्ने, कहींकतै कमजोरी भयो भने खबरदारी गर्ने एउटा राम्रो प्लेटफर्म आएको छ,’ उनले भने, ‘अबका टिभीले दिनमा पछाडि फर्केर हेनुनपरोस् ।’
निर्देशक रुद्रप्रसाद अर्यालले स्वागत गरेको उद्घाटन कार्यक्रममा टिभीका अध्यक्ष प्रेमप्रसाद भट्टले संघीयताको मर्मअनुसार आम नागरिकले पाउनुपर्ने विश्वसनीय सूचना सामग्री पब्लिक टिभीको मुख्य ध्येय रहेको बताए ।

समुद्घाटन समारोहमा गण्डकीका दिवंगत श्रष्टाहरुको सम्मान र सम्झनामा सांगीतिक कार्यक्रम गरिएको थियो । जसमा गायक राज सिग्देल, विनोद बानिया, सन्तोष बस्याल र अजुदा थापाले प्रस्तुति राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width