समाजसेवी वीरेन्द्र बाटाजूको निधन

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७९
birendra bataju

पोखरा । समाजसेवी वीरेन्द्रकुमार बाटाजूको ९४ वर्षको उमेरमा आइतबार निधन भएको छ । पोखरा बगालेटोल निवासी बाटाजूको उपचारको क्रममा फिस्टेल अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ थिए ।

पोखरामा पहिलो एसएलसी उत्तीर्ण विद्यार्थीको रुपमा परिचित बाटाजू राष्ट्रिय माविका पूर्व प्रधानाध्यापक हुन् । गणेश गुठी सेवा समिति पोखरा–४ मा २०५४ देखि अध्यक्ष रहेका उनी विभिन्न सामाजिक क्षेत्रमा सक्रिय थिए । उनको चौरासी पूजाको अवसरमा बाटाजू परिवारबाट वीरेन्द्रदीप प्रतिष्ठान स्थापना भई ५ लाख रुपैयाँको अक्षयकोष राखिएको थियो । उक्त कोषबाट धर्मिक, सामाजिक तथा सांस्कृतिक विकासका कार्यमा टेवा पुग्दै आएको छ ।

स्व. बाटाजूको पोखरा–९ स्थित तुलसीघाटमा सोमबार दाहसंस्कार भएको छ । बाटाजूका २ छोरा रवीन्द्रकुमार, राजेन्द्रकुमार, २ छोरी सागरलक्ष्मी धौमडेल र गीतालक्ष्मी सिंह तथा नाति नातिनी छन् ।

जेठा छोरा रवीन्द्रकुमार मत्स्यविकास कार्यालयका पूर्व अधिकृत हुन् भने कान्छा छोरा राजेन्द्रकुमार लायन्स क्लब अफ ३२५ ‘के’ का गभर्नर हुन् । राजेन्द्र अटो व्यवसायमा आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width