नेचरअनुसार फिचर : सांसद बराल

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
aamaghar

पोखरा । पोखरा २२ पुम्दीभुम्दीस्थित आमाघर पाठशालाको नवौं वार्षिकोत्सव समारोह, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम भएको छ ।

प्रदेशसभा सदस्य प्रकाश बरालले नेचरअनुसारको फिचर हुने र प्राविधिक शिक्षामा जोड दिंदै अग्रगामी छलाङ मार्न आफूले सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे । उनले आमाघर पाठशालाले पुम्दीभुम्दीको शैक्षिक विकासमा टेवा पाएको बताए । उनले सन्तानलाई गुणस्तरीय शिक्षा दिने भन्दै सहर जाने परिपाटीले समाजमा सामाजिक विकृति उत्पन्न उल्लेख गरे । तर सो विकृति चिर्दै आमाघर पाठशालाले गाँउमा नै सर्वसुलभ रकममा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गरे ।

पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले वडा र महानगर सदैव पाठशालाको साथमारहेको बताए । सरकारले गर्नुपर्ने काम पाठशालाले गरेकोमा धन्यवाद व्यक्त गरे ।
नेपाली गाउँका साथीहरु नामक संस्थाले २०६७ सालमा आमाघर पाठशाला स्थापना गरेको हो । आमाघर पाठशाला नामबाट बाल विकास कक्षा सञ्चालन गरेको यस विद्यालयमा हाल २ सय ७ जना विद्यार्थी र २२ जना शिक्षक कर्मचारी छन् ।

भावी दिनमा प्राविधिक शिक्षासहित थप ९ र १० का कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको विद्यालय अध्यक्ष मोतीप्रसाद पौडेलले बताए ।
कार्यक्रममा पूर्व वडाध्यक्ष मित्रलाल बराल, नरनाथ बराल, मीनु परियार, प्रकाश गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा उत्कृष्ट शिक्षकको रुपमा एलिना गुरुङ र उत्कृष्ट कर्मचारीमा नरसुभा बिक सम्मानित भए ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width