पत्रकार पाठकलाई मातृशोक

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७९
Late Mrs Pathak

पोखरा । पत्रकार केशव पाठकलाई मातृशोक परेको छ । उनकी ममतामयी माता नयनकुमारी पाठकको ८० वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय ब्रेन ट्युमरबाट पीडित उनको पोखरा १७ बिरौटास्थित आफ्नै निवासमा बिहीबार दिउँसो निधन भएको हो ।

उनको बिहीबार साँझ पोखरा ९, शान्तिघाटमा अन्त्येष्टि गरिएको छ । पाठकको स्थायी घर पर्वतको फलेबास ११, पाङराङ हो ।

स्व.पाठकका श्रीमान् सोमप्रसाद पाठक, ४ छोरा (केशव, विजय, पुष्प र मनोज) र २ छोरी (लक्ष्मी ढकाल र सरस्वती घिमिरे) छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक विभिन्न संघसंस्थामा आबद्ध छन् ।

उनी पोखरा स्पोर्टस् डटकमका सम्पादक हुन् ।

यसैबीच, खेलकुद पत्रकार मञ्च गण्डकीका तर्फबाट महासचिव राजाराम पौडेलले शोकविज्ञप्ति जारी गरी दुख व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width