विवेकशील साझा पार्टीको काठमाडौंमा २ दिनसम्म चलेको पहिलो महाधिवेशनले समीक्षा बाँस्कोटालाई पार्टीको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ । राजनीतिक पार्टीहरुको इतिहासमा एक जना महिला नेतृत्व तहमा पुगेको सायद यो पहिलो घटना हो । यसअघि उनी कार्यवाहक अध्यक्षका रुपमा कार्यरत थिइन् । महाधिवेशनले पार्टीको महासचिव पदमा पनि रञ्जु दर्शनालाई सर्वसम्मत चयन गरेको हो । पार्टीको महत्वपूर्ण दुबै पदमा महिला नेतृ निर्वाचित भएको समाचार सम्प्रेषित भएपछि त्यो चर्चाको विषय भएको छ । अध्यक्ष बाँस्कोटा अधिवक्ता हुन भने रञ्जु दर्शना २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरका चर्चित उम्मेदवार भएकी थिइन् । विवेकशील साझा पार्टीमा अन्य पदहरुमा पनि महिला निर्वाचित भएका छन् । एउटा उल्लेखनीय के पनि छ भने त्यस पार्टीका उपाध्यक्ष पदमा प्रकाशचन्द्र परियार निर्वाचित भएका छन् ।
विवेकशील साझा पार्टीको लामो इतिहास छैन । थोरै समयमा नै यो पार्टी चर्चित भएको थियो । त्यसबेला साझा पार्टी भन्ने एउटा पार्टी थियो भने विवेकशील पार्टी भन्ने अर्को पार्टी थियो । ती दुई पार्टी एकीकृत भएर विवेकशील साझा पार्टी भएको हो । त्यसबेला यस पार्टीबाट सर्वसाधारणले धेरै आशा अपेक्षा गरेका थिए । तर निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन सकेन । त्यसको साथै यसका नेतृत्व गर्नेहरुबीच विवाद बढ्यो । वैमनस्यता चुलिएपछि नेताहरु पनि यत्रतत्र लागे । यत्ति सम्म कि अध्यक्ष भएका रवीन्द्र मिश्र फरक विचार राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे । उनको अनुपस्थितिमा पार्टी कसले चलाउलान भनेर पार्टीको भविष्य सम्बन्धमा नै प्रश्न गर्न थालिएको थियो । तर महिला नेतृ समीक्षा बाँस्कोटाले पार्टीको महाधिवेशनसमेत गरेर नेतृत्व बहन गर्न तयार भए । उनको लागि यो ठूलो अवसर पनि हो, चुनौती पनि हो ।
अध्यक्ष बाँस्कोटाले चुनौतीको सामना के–कसरी गर्लिन् त्यो चासोको विषय हो । पार्टीको शीर्ष नेतृत्वमा पुगेका उनले पुरुषहरुप्रति के–कस्तो व्यवहार गर्लिन् र महिलालाई आफ्नो पार्टीमा के–कसरी प्रोत्साहित गरी समावेश गर्लिन् त्यो भविष्यले देखाउने छ । अर्कोतिर पुरुषहरु पनि त्यो पार्टीमा के–कति आकर्षित भएर जालान्, त्यो पनि उत्तिकै महत्वपूर्ण कुरा भएको छ । साथै अरु महिलाले पनि त्यसलाई के–कसरी हेर्लान् र महिला नेतृत्व भएको ठाउँमा त्यसलाई के–कसरी सहयोग गर्ने भनेर सहयोगी भावना अपनाउलान् कि नअपनाउलान्, त्यो पनि जिज्ञासाको विषय भएको छ । यस्ता धेरै कुरा राजनीतिक रंगमञ्चमा देखापरेको छ । त्यो जे भए तापनि मुख्य कुरा संगठन हो । नेतृत्व तहमा बस्नेहरुले संगठन के–कसरी गर्लान् जनताको मुद्दा के कसरी उठाउलान्, सरकारप्रति के–कस्तो दृष्टिकोण राख्लान् आदि इत्यादि कुराले त्यसको भविष्य निर्माण गर्ने छन् । महिला नेतृ सफल हुनुपर्दछ, यसमा हामी शुभेच्छा व्यक्त गर्दछौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१