पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
pokhara metropolitaincity office

पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबारका लागि बोलाइएको हो ।

पुस २६ मा पोखरा सभागृहमा सुरु भएको नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तुभन्दा बाहिर एमालेले विषय उठाएको भन्दै नगरसभा बहिष्कार गर्दै बाहिरिएका थिए ।

पोखरा २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कारबाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका थिए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सभाबाट बाहिरिएपछि पोखरा महानगरपालिकाको नगरप्रमुख धनराज आचार्यले अर्को सूचना नआएसम्म नगरसभा स्थगित भएको जानकारी गराएका थिए ।

सो विषयमा सहमतिपछि स्थगित नगरसभा सोमबार हुने भएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । ‘जुन विषय त्यो समयमा उठान भएका थिए । त्यो विवाद मिलिसकेको छ । अब नगरसभा निर्विवाद चल्छ,’ उनले भने । आरोपित वडाध्यक्ष अधिकारी धरौटीमा रिहा भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width