जिएमसी स्पोर्टमा ११ कलेज सहभागी

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
gmc

पोखरा । गण्डकी मेडिकल कलेजले आयोजना गरेको ‘जिएमसी स्पोर्ट फेस्ट २०२३’ सकिएको छ । ५ दिनसम्म चलेको उक्त स्पोर्ट मिटमा देशभरबाट ११ मेडिकल कलेज सहभागी थिए । स्वास्थ्यका लागि खेलकुद नारा दिएर गरिएको उक्त स्पोर्ट मिटमा गण्डकी मेडिकल कलेजले विजय हासिल गरेको छ ।

बास्केटबल प्रतियोगितामा जिएमसी मेडिकल कलेजका विद्यार्थी प्रथम भए । पुरुष र महिला दुवै खेलमा कलेज प्रथम भएको हो । पुरुषतर्फ नेपालगञ्ज मेडिकल कलेज र महिलातर्फ मनिपाल कलेज दोस्रो भएका छन् । महिलाको फुटसल प्रतियोगितामा गण्डकी मेडिकल कलेजका ए र बी टिम क्रमश प्रथम र दोस्रो भएका हुन् ।

फुटबल प्रतियोगितामा भने पोखरा कलेज अफ मेडिकल साइन्सका विद्यार्थी प्रथम भएका छन् । दोस्रो भने गण्डकी मेडिकल कलेजका विद्यार्थी भएका भए ।
गण्डकी मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, पोखरा नर्सिङ क्यापस, मनिपाल कलेज, नेपालगञ्ज कलेज, पोखरा युनिभर्सिटी बिपिएच, पश्चिमाञ्चल क्षेत्रीय कलेज, पोखरा एकेडेमी, काठमाडौं मेडिकल कलेज र किस्ट मेडिकल कलेज गरी ११ वटा कलेज सहभागी थिए ।

शनिबार गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रथम र दोस्रो भएका विद्यार्थीलाई पुरस्कार वितरण गरे । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. भरतबहादुर खत्री लगायतले पोखरालाई मेडिकल शिक्षाको हबसँगै स्वास्थ्य र शिक्षालाई सबैको पहुँचमा बनाउनुपर्नेमा जोड दिए । कार्यक्रम गण्डकी मेडिकल कलेजका डा. रवीन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width