ढिकुरपोखरी समाजको यूरोगार्ड सहयोग

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
euro guard

हेमजा । ढिकुरपोखरी समाज पोखराले १६ औं स्थापना दिवस अवसरमा शनिबार मराउँचेस्थित बालज्योति आधारभूत विद्यालयलाई युरोगार्ड सहयोग गरेको छ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले समाजले अनुकरणीय कार्य गरेको औंल्याउँदै मराउँचेको समग्र विकासका लागि गाउँपालिका तयार रहेको बताए । उनले अर्गानिक कृषि उत्पादन गर्ने गाउँका रुपमा मराउँचेलाई चिनाउँदै आफ्नो कार्यकालभित्र समग्र गाउँपालिकालाई हरेक हिसाबले नमुना बनाउने दाबी पनि गरे ।

उपाध्यक्ष चन्द्रकला अधिकारीले पिछडिएकोे ठाउँस्थित विद्यालयलाई सहयोग गरेकोमा समाजप्रति आभार प्रकट गर्दै युरोगार्डको व्यवस्थापनमा ध्यान दिन विद्यालयलाई सुझाव दिइन् । अधिकारीले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमार्फत नै अन्नपूर्णलाई समृद्धितर्फ लान लागिएको पनि जनाइन् ।

अन्नपूर्ण ३ का वडाध्यक्ष फणीन्द्रप्रसाद पौडेलले मराउँचेको वृद्धि विकासका लागि गाउँदेखि अष्टे«लियन क्याम्प (ठूलाखर्क) सम्म पर्यटन पदमार्ग निर्माण गर्नुपर्ने औंल्याए । उनले विद्यालय पोशाकका लागि लोगो अंकित ट्रयाक बनाउन सुझाव पनि दिए ।

समाजका अध्यक्ष सोमनाथ पौडेलले जन्मभूमिका केही गर्नुपर्दछ भन्ने उद्देश्यका साथ युरोगार्ड सहयोग गरिएको स्पष्ट पार्दै सदुपयोग हुने विश्वास लिए । विद्यालय अध्यक्ष डिल्लीराम पौडेलले सहयोगको पूर्ण सदुपयोग गरिने स्पष्ट पार्दै योसँगै विद्यार्थीको स्वास्थ्य अवस्थामा पनि सुधार आउने विश्वास लिए ।

त्यस अवसरमा समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य पार्वती पौडेल, प्रअ राजकुमार कुँवर लगायतले पनि धारणा राखे। सो अवसरमा केही स्टेसनरी सामग्री पनि प्रदान गरियो ।

समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत र सचिव लोकराज भण्डारीले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width