विद्यावारिधि गर्नेको अनुभव आदानप्रदान

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
english PhD

पोखरा । पृथ्वीनारायण क्याम्पस अंग्रेजी शिक्षा विभागको आयोजनामा विद्यावारिधि हासिल गरेका प्राध्यापकको सुखद एव दुखद क्षणहरुको अनुभव आदानप्रदान कार्यक्रम भएको छ ।

शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारीले नयाँ उपाधि प्राप्त सदस्यलाई बधाई दिंदै विद्यावारिधि सामान्य मेहनतले सम्भव नहुने र यसका अनुभव आदानप्रदान गर्नाले नयाँ अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने बताए ।

हालैमात्र विद्यावारिधि हासिल गरेका डा. पितृराज बास्तोलाले इथोनोग्राफिक रिसर्च प्रस्तुत गर्दै कक्षा ८ को कक्षाकोठामा विभिन्न आयामवारे आफ्नो अनुसन्धानको सारांश प्रस्तुत गरे । उनले नेपालमा कक्षा ८ मा पढ्ने विद्यार्थी उदण्ड रहेको बताउँदै अनुसन्धानको यात्रामा आफ्ना सुखद एव चुनौतीपूर्ण क्षणहरु उल्लेख गरे ।

अर्का शोककर्ता डा. पिताम्बर पौडेलले इभालुयटिभ मल्टिपल केस स्टडीबारेको विद्यावारिधि शोधपत्र प्रस्तुत गर्दै नेपालको पाठ्यक्रम निर्माण, पुनरावलोकन र कार्यान्वयनमा समस्या रहेको बताए । उनले पाठ्यक्रम निर्माणमा शिक्षकको कुनै पनि भूमिका नभएकोले उनीहरुमा तीव्र असन्तुष्टी रहेको धारणा ब्यक्त गर्दै आफ्ना अनुभव सुनाए ।

विभागीय प्रमुख सहप्राडा नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य उपप्राध्यापक पिताम्बर गौतमले सञ्चालन गरेका थिए । कार्यक्रममा क्याम्पसको अंग्रेजी शिक्षा विभागमा कार्यरत २९ जना प्राध्यापकको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width