पोखरा । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित ४ जना बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्रसिंह भण्डारी छन् । पक्राउ परेकाहरुमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनायो । ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पुर्जी जारी गरेको थियो । सिआइबीले झापाको घटना भएकाले इलाका प्रहरी कार्यालय दमकलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो ।
कमसल धितो राखेर कर्जा प्रवाह गरेको आरोप
राष्ट्र बैंकले कामना सेवा विकास बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रवाह गरेको कर्जा अपचलन भएको निष्कर्षसहित छानबिन गरी कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदनसहित सिआइबीमा पत्राचार गरेको थियो । यसबारे कामना सेवा विकास बैंकले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैंकसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो ।
यसैबीच कामना सेवा विकास बैंकको बोर्डले प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । बैंकिङ कसुर अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै सञ्चालक समितिले बस्नेतलाई हटाएको हो । २०७९ फागुनबाट उनको ४ वर्षे कार्यकाल समेत सकिँदै थियो । बैंकको बोर्डले बस्नेतको स्थानमा विनय दाहाललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । दाहाल यसअघि कामना सेवा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१