क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
football news kaski 1

पोखरा । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल जिल्ला कमिटी कास्कीले प्रथम जिल्लास्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरेको छ ।
‘खेल खेलौं स्वास्थ बनौं, संगठन निर्माण र भाइचाराको सम्बन्ध विस्तार गरौं’ भन्ने नाराका साथ पोखराको मालेपाटन खेलमैदानमा भएको प्रतियोगितामा क्युपेकमा आवद्ध १० टिमले प्रतिस्पर्धा गरेको क्युपेक जिल्ला कमिटी कास्कीका अध्यक्ष तीर्थराज मगरले जानकारी दिए ।

फाइनल खेलमा क्युपेक जिल्ला युवा कमिटी कास्कीले क्युपेक जिल्ला कमिटी कास्कीलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ । प्रतियोगितामा युवा कमिटीका तर्फबाट पे्रम गुरुङ र उदय गुरुङले गोल गरेका थिए । रेफ्री नारायण केसी र विकास नेपालीले प्रतियोगिता सञ्चालन गरेका थिए । प्रथम हुनेले १५ हजार नगद र ट्रफी हात पारेको छ । दोस्रो हुने क्युपेक जिल्ला कमिटी कास्कीले १० हजार नगद र प्रमाणपत्र पाएको छ ।

नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट) संसदीय तथा स्थानीय तह संयोजन परिषदका अध्यक्ष मीना गुरुङले प्रतियोगिताको उद्घाटन गर्दै खेल मानव जीवनको अभिन्न अंग भएको बताइन् । उनले मानव स्वास्थ्यको लागि नियमित रुपमा खेलकुदका कार्यक्रम गर्न सुझाव दिइन् । उनले श्रम गरी जीवन यापन गर्ने वर्गको शारीरिक तथा मानसिक विकासको लागि खेलकुदको महत्व भएको चर्चा गरिन् । पोखरा महानगरपालिका वडा नम्बर ५का अध्यक्ष विष्णुप्रसाद बरालले अनुशासित र मर्यादित भएर खेल सञ्चालन गर्न सुझाव दिए । उनले मालेपाटनबाट फुटबलको अनिल गुरुङ जस्ता राष्ट्रिय खेलाडी उत्पादन भएको जानकारी दिए । क्युपेक नेपाल कास्कीका अध्यक्ष तीर्थराज मगरले श्रमिक पनि हरेक क्षेत्रमा अब्बल भएको फुटबल खेलले प्रमाणित गरेको दाबी गरे । उनले क्युपेक नेपालको सरोकार,सामाजिक सुरक्षा र मर्यादित रोजगार भन्ने नाराका साथ अभियान चलाएको जानकारी दिए ।

गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले विजेता टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा क्युपेक नेपाल कास्कीका उपाध्यक्ष सूर्यप्रसाद उपाध्याय, सचिव जीवन लामा लगायतले प्रतियोगिताको बारेमा बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width