हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
tahara hataiyo

हेमजा । पोखरा–२५ हेमजाको सेती किनार सहस्त्रधारामा सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइएको छ ।

पोखराका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाको नेतृत्वमा शनिबार गएको नगर प्रहरीको टोलीले सो ठाउँका टहरा हटाएको हो । उक्त स्थानमा विभिन्न स्थानका मानिसले विगत ५÷७ वर्षदेखि टहरा निर्माण गरी सुँगुर, हाँस कुखुरा पाल्ने र ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् गर्नेहरु अस्थायी रुपमा नदी किनारमा बसोबास गर्दै आएका थिए । वडाध्यक्ष तिमिल्सिनाका अनुसार ३ महिनाअघि देखि टहरा हटाउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर नै लगाएर टहरा हटाइएको हो ।

वडाध्यक्ष तिमिल्सिनाले सरकारी जग्गामा जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै आगामी दिनमा निर्माण नगर्न समेत आग्रह गरे । सुकुमवासीका नाममा अतिक्रमण बढ्दै गएकोले सचेत रहनसमेत स्थानीयलाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै