शान्ति निकेतनको भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
shantiniketan building

पोखरा । शान्ति निकेतन स्कुल, पस्र्याङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सरस्वती पूजा अवसर पारेर बिहीबार विद्यालय तथा सरस्वती मन्दिर उद्घाटनसहित अक्षरारम्भ कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले अहिलेका बच्चामा नैतिक शिक्षाको अपरिहार्यता रहेको र अभिभावकले पनि आफ्ना सन्ततिको लागि उचित समय छुट्याउन पर्ने कुरामा जोड दिए ।
विद्यालयका संस्थापक/प्रिन्सिपल डा महेश्वर पराजुलीले स्कुलले गुणस्तरीय तथा सर्वसुलभ शिक्षा प्रदान गर्न तल्लिन रहेको बताउँदै अझ परिस्कृत बन्ने अघि बढ्ने दृढता व्यक्त गरे ।

कार्यक्रममा विद्यालय संस्थापक पुरुषोत्तम पराजुली, अभिभावक सुरेन्द्र यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ७० जना बाबुनानीको अक्षराम्भ गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारीले जनाए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा भाइस प्रिन्सिपल यदुविलास भूत्र्याल र परीक्षा प्रमुख हेम सुवेदीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…
  • पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा युवा रेडक्रस सर्कलको पुनर्गठन भएको छ । कार्यसमिति अध्यक्षमा कक्षा १० का अविरल आचार्य,…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा ।  पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय,…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…

hero news full width