प्रतिभा माविमा सरस्वती पूजा

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
Prativa School

पोखरा । प्रतिभा मावि, पालिखेचोकमा पनि बिहीबार पूजा आराधना गरी भव्यरुपमा श्रीपञ्चमी मनाइएको छ ।

विद्यालय प्राचार्य किरण सापकोटाका अनुसार देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थी पूजाआजामा सरिक भएका थिए । कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक पनि पूजा आराधनामा सहभागी भएका थिए ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी विद्यार्थीले आ–आफ्ना कला साधनाका वस्तु कापी कलम, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रुपमा पूजा गर्ने चलन छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकोले अभिभावकले विद्यालय जान सक्ने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराएको प्राचार्य सापकोटाले बताए ।

विद्यार्थीलाई विद्यारम्भ गराउने बाहेक यस दिन बालबालिकाको नाक–कान छेड्न पनि शुभ मानिन्छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width