माउन्ट अन्नपूर्णमा विन्टर स्पोर्टस् क्याम्प

आदर्श समाज सम्वाददाता
माघ ७, २०७९
sports mount

पोखरा । जाडो बिदाको समय सदुपयोग गर्दै माउन्ट अन्नपूर्ण मावि, नदीपुले बिन्टर स्पोर्टस् क्याम्प गरेको छ । ३० पुसदेखि एक सातासम्म संचालित कार्यक्रम शुक्रबार सम्पन्न भयो । तर माघदेखि हरेक शनिबार यसप्रकारको कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

१४ वर्षमुनिका विद्यालयका र छरछिमेक वरिपरीका विद्यार्थीलाई निशुल्करुपमा दक्ष प्रशिक्षकद्वारा रनिङ, लङजम्प, बल थ्रो, ह्यान्डबल, बास्केटबल खेलहरुमा छरछिमेकका २९ विद्यालयका करिब २ सय ५० भन्दा बढी बालबालिका सहभागी थिए । ९३ विद्यार्थीले प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक अशोककुमार शाहीले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरजप्रकाश प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३ का अध्यक्ष प्रकाशमान उदासको प्रमुख आतिथ्य थियो ।

वडाध्यक्ष उदासले यो कार्यक्रमले घरमा मोवाइल तथा अन्य विभिन्न अनावश्यक कुरामा भुल्ने बालबालिकालाई निकै नै राम्रो गरेको बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष, प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव एवा विद्यालयका डाइरेक्टर तेजबहादुर गुरुङले खेलले विद्यार्थीलाई स्वस्थ राख्न मद्दत मिल्ने बताए ।
बृहत् नारायणथान क्षेत्र विकास समितिका सचिव तथा पोखरा ३ का वडा सदस्य सनकमान सिकेले विद्यालयले गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए । कार्यक्रम सञ्चालन विद्यालयका लेखा प्रमुख नवराज शर्मा पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै