शिशु विकास तथा स्याहार केन्द्र बैदाममा संगीता

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
shishu sihar

पोखरा । शिशु विकास तथा स्याहार केन्द्र पोखरा ६ बैदामको १६ औं वार्षिक साधारण सभा तथा एघारौं अधिवेशनबाट अध्यक्षमा संगीता बराल चयन भएकी छन् ।

केन्द्रको उपाध्यक्ष शिव जिसी, सचिव रेनु लामिछाने, सहसचिव प्रमिला केसी, कोषाध्यक्ष इन्दिरा पौडेल, सहकोषाध्यक्ष मैया थापा चयन भए । सदस्यहरु राजेन्द्र ढकाल, मनु थापा, मिठु लामिछाने, जुना अधिकारी र अम्बिका भट्टराई छन् ।

कार्यक्रम पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले शिुशु विकास तथा स्याहार केन्द्र हुने खानेको भन्दा हुँदा खानेको भएकाले केन्द्रको स्तरान्नतिको लागि सबै लाग्नुपर्ने बताए ।

सो अवसरमा अध्यक्ष भट्टराईुले केन्द्रको स्तरोन्नतिका लागि २५ हजार रुपैयाँ केन्द्रकी अध्यक्ष विष्णु केसीलाई हस्तान्तरण गरेका थिए । पर्यटन व्यवसायी तथा सल्लाहकार गोविन्दराज पहारीले आजका बालबालिका भोलिका यो देशका कर्णधार रहेको बताउँदै बालबालिका लागि बालमैत्री शिक्षाको आवश्यकता औंल्याए ।

अध्यक्ष विष्णु केसीले सेवा केन्द्रमा कमजोर आर्थिक अवस्था भएका अभिभावकको छोराछोरीलाई रेखदेख गर्दै आएको अवगत गराउँदै यसको संरक्षणमा जुट्न सबैलाई आग्रह गरिन् ।

अध्यक्ष विष्णु केसीको अध्यक्षतामा भएको कार्यक्रममा इन्दिरा पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन कोषाध्यक्ष विनीता बरालले पेस गरेको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै