रेडक्रस कास्की सभापतिमा डण्डराज

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
Redcross

पोखरा । सोसाइटी कास्की शाखाको शनिबार १० औं निर्वाचन अधिवेशन भएको छ । अधिवेशनबाट सभापतिमा डण्डराज शर्मा पौडेल निर्विरोध भएका छन् । यसअघि उनी उपसभापति थिए ।

उपसभापति खुलामा धर्मराज अधिकारी, उपसभापति महिलामा उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ र उपमन्त्री रमा कोइराला निर्विरोध भएको रेडक्रस सोसाइटी कास्की शाखाका कार्यालय प्रमुख मोहनसिंह खड्काले जानकारी दिए ।

रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्ष, उपकोषाध्यक्ष, कार्यसमितितर्फ महिला सदस्य र खुला सदस्यका लागि भने सर्वसम्मत हुन नसकेपछि मतदान भएको छ । कोषाध्यक्ष र उपकोषाध्यक्षमा २÷२ जनाको उम्मेद्वारी परेको छ ।

महिला सदस्य ३ जनाका लागि ६ जना र खुला सदस्य ६ जनाका लागि २३ जनाको उम्मेद्वारी परेको कार्यालय प्रमुख खड्काले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width