बिपी स्मृति पुस्तकालय दर्ता

आदर्श समाज सम्वाददाता
पौष २९, २०७९
bp library

पोखरा । विपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश विधिवत दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था विधिवत् दर्ता भएको हो ।

दर्ता प्रमाणपत्र प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली कांग्रेस गण्डकी प्रदेशका पार्टी सभापति एवं पुस्तकालयका संरक्षक शुक्रराज शर्मा, महामन्त्री एवं संरक्षक विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालय अध्यक्ष एवं कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला मधुलाई हस्तान्तरण गरे ।

बिपीका राजनीतिक एवं साहित्यिक दस्तावेजसँगै विभिन्न खोज तथा अनुसन्धानात्मक कृतिको संग्रहसँगै प्रदेशकै एउटा अध्ययनको केन्द्रका रुपमा पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिइएको प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।

पुस्तकालयसँगै कांग्रेस गण्डकी प्रदेशले स्थापनाको लक्ष्य लिइएकोे ५० लाख रुपैयाँको अक्षयकोषबाट गण्डकी प्रदेशमा प्रजातन्त्रका लागि विशिष्ट योगदान गर्ने ११ वटै जिल्लाका ११ जनालाई वार्षिक रुपमा २५ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने लक्ष्य लिइएको कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं पुस्तकालय कोषाध्यक्ष शिरोमणि बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै