मनिपाल कलेजमा ‘ह्वाइट कोट सेरेमनी’

आदर्श समाज सम्वाददाता
पौष २६, २०७९
manipal news 1

पोखरा । मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ‘ह्वाइट कोट सेरेमनी’ भएको छ । कलेजको एमबिबिएस ब्याच–२०२१ का विद्यार्थीलाई ह्वाइट कोट प्रदान गरिएको हो ।
दीपस्थित कलेजको सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीलाई कोट प्रदान गर्दै उज्ज्वल भविष्यको कामना गरे । ह्वाइट कोटसँगै विद्यार्थीमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशीलताका साथ अघि बढ्नुपर्ने उनीहरुको सुझाव थियो ।

शिक्षाविद् जर्ज जोनले डाक्टरप्रति आममानिसको मनोविज्ञान र त्यसमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखे । उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह सुझावले स्वास्थ्य जीवनशैलीका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो ।

पोखरा मनिपालका बोर्ड सदस्य नारायण पौडेलले कलेजको गुणस्तरबृद्धिका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । सामाजप्रतिको उत्तरदायित्व बहन गर्दै सुविधासम्पन्न सेवा उपलब्ध गराइने उनको भनाइ थियो ।

मनिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपका सिइओ अनिल अडुविलले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे । कलेजका डा. दयाराम पोखरेलले सेतो कोटलाई सम्मान गर्दै जिम्मेवार भएर सफल अध्ययनका लागि शुभेच्छा प्रकट गरे । कलेजका पहिलो ब्याचका विद्यार्थी डा. पदमबहादुर खड्काले मनिपालको विद्यार्थी हुनुमा गौरव रहिरहने सुनाए । सो अवसरमा कलेजका विद्यार्थी एवं गोल्ड मेडलिस्ट डा.र जायज अधिकारीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…
  • ‘महिलाहरू आर्थिकरुपमा मजबुुत हुनुपर्छ ’

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा उपमेयर मञ्जुुदेवी गुुरुङले महिलाहरू आर्थिकरुपमा मजबुुत हुनपर्ने बताएकी छन् । पोखरा १५ ले आयोजना गरेको कृष्टल माला,…

hero news full width