पोखरा। २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । १० दिनसम्म चल्ने प्रतियोगितामा १० टिमले भाग लिएका छन् ।
उद्घाटन खेलमा आयोजकलाई १–० गोलअन्तरले पराजित गदै धरान फुटबल क्लब विजयी भएको छ । खेल सुरुआतको पाँचौं मिनेटमै अग्रता लिएको धरानले अन्ततः निर्धारित ९० मिनेटसम्म अग्रता जोगाउँदै क्वार्टरफाइनल स्थान सुरक्षित गरेको हो । धरानका लागि प्रकाश बुढाथोकीले फ्रिकिकमा गरेको प्रहारले विपक्षी पोस्टको जाली चुम्दा जारी संस्करणमा पहिलो गोल निर्णाायक बन्न पुगेको हो । आयोजक सहारा क्लबले दोस्रो हाफको अन्त्यतिरका केही राम्रा प्रहार गोलमा परिणत हुन नसक्दा पहिलो खेलबाटै बिदा लिनुपरेको हो ।
धरानका लागि क्याराभानसहित १५ औं पटकको सहभागिता हो । १६ औं संस्करणमा मात्र उसको लागि सेमिफाइनल अनुभव छ । त्यसबेला धरान नेपाल पुलिससँग १–० को हार बेहोरेको थियो । आयोजक सहाराको निम्ति १२ औं संस्करणको मात्र जीतको अनुभव छ ।
२३ पुससम्म संचालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब मिनिसोटा, धरान फुटबल क्लब र आयोजकको टिम छन् । गत वर्षको विजेता एपिएफ क्लब हो भने उपविजेता मनाङ मस्र्याङ्दी क्लब हो ।
आयोजकले यसपालि पुरस्कार राशिमा वृद्धि गरेको छ । प्रथम पुरस्कारमा २ लाख थप गरि १२ लाख र द्वितीय पुरस्कारमा १ लाख थप गरी ६ लाख कायम गरिएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । यस्तै, बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिनेछ । भने टिमलाई नगद १० हजार दिइनेछ । प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको क्लब अध्यक्ष सुरज गुरुङले बताए ।
यसपालि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तामाङलाई नगद ५० हजार र सम्मानपत्र प्रदान गरे । यो पुरस्कारबाट यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विस्ट पुरस्कृत भैसकेका छन् ।
यसैबीच, रेफ्री प्रकाश बुढाथोकीलाई बल हस्तान्तरण गरी खेल उद्घाटन गर्दै मेयर आचार्यले पोखरा खेलकुदको सहरको रुपमा विकास भएको बताए । उनले पोखरा महानगरले खेलको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा पत्रकार तथा गीतकार आरजू बिस्ट सल्यानीको सहारा र फुटबलसँग सम्बन्धित गीत सार्वजनिक गरिएको थियो । बिहीबारको खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच हुने प्रतियोगिता संयोजक विश्वराज बरालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१