समाजमा पुरुषका तुलनामा महिलाहरु धेरैपछि परेका छन् । शिक्षा दीक्षाको अभावमा महिलाहरुपछि परेका विभिन्न अध्ययनले देखाएका छन् । त्यसलाई मनन गरेर तिनीहरुको शिक्षादीक्षा समुचित रुपले होस् भनेर समाज र सरकारले विभिन्न कदम चालेका छन् । तर त्यसरी चालिएका कदम पनि पर्याप्त नभएको महसुस गरेर अन्य क्षेत्रले पनि यस दिशामा आफ्नै किसिमले कदम चालेका छन् । त्यस्तै एउटा कदम नवलपुरको हुप्सेकोट गाउँपालिकाले चालेको छ । गाउँपालिकाले चालेको त्यो कदम हो छोरीको सुनौलो भविष्य कार्यक्रम त्यस कार्यक्रमअन्तर्गत गाउँपालिकाले आफ्नो क्षेत्रभित्र कतै छोरी जन्मियो भने त्यस छोरीको नाममा ५ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्ने गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार त्यस खातामा अभिभावकले पनि ५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ । त्यसरी जम्मा गरिएको बचत रकम बालिकाको उच्च शिक्षा अध्ययनका लागि खर्च गरिने भएकोले यसले आज जन्मेका छोरीले भोलि उच्च शिक्षा अध्ययन गर्ने बाटो प्रशस्त हुने विश्वास गरिएको छ । गाउँपालिकाको यो प्रयासलाई प्रशंसनीय मानिएको छ ।
गाउँपालिकाको यो कदमले दूरगामी महत्व राख्दछ । यसले समाजमा छोरीप्रति सम्मानको भावना बढ्ने, आत्मनिर्भरताको विकास हुने देखिन्छ । अहिले समाजमा छोरीलाई एक बोझ सम्झने गरिन्छ । कतिपयले भ्रुण हत्या पनि गर्ने गरेका छन् । आजको विज्ञानले पेटमा भएको बच्चा छोरा हो कि छोरी हो भन्ने हेर्न सकिने बनाइदिएको छ त्यसैल छोरी भएमा भ्रुण हत्या गर्नेको संख्या बढ्दै गएको छ । एकातिर यस्तो छ भने अर्कोतिर महिला हिंसाका घटना पनि बढ्दै गएको छ । जबर्जस्ती करणीपछि महिलाको हत्या गर्ने प्रवृत्ति पनि समाजमा बढ्दो छ । यी सबै कुरा अर्थात् महिलामाथि भएको शोषण, अन्याय, अत्याचार एक जना महिलाले बढी मात्रामा बुझ्न भन्ने कुरा हुप्सेकोट गाउँपालिकाले राम्ररी देखाएको छ ।
त्यहाँ एकजना महिला गाउँपालकाको अध्यक्ष भएकोले महिलाको उत्थान र विकासका विविध कार्यक्रमहरु सञ्चालन गरिएको छ । गाउँपालिकाले एकल महिलाको साथमा स्थानीय सरकार भन्ने नाराको कार्यान्वयन गरी एकल महिलाको संरक्षण गर्ने क्रममा सीप विकास र स्वरोजगारका कार्यक्रम पनि सञ्चालन गरेको छ । त्यतिमात्र होइन, गाउँपालिकाले वैदेशिक रोजगारबाट फिर्ता भएका आर्थिक रुपले कमजोर महिलालाई रोजगारको कार्यक्रम पनि सञ्चालन गरिएको छ । साथै त्यस पालिकाले गृहिणी महिलाको शारीरिक एवं मानसिक स्वास्थ्यमा सुधार गर्न गृहिणी स्वास्थ्य सुधार कार्यक्रम पनि सञ्चालन गरेको छ । गाउँपालिकाले महिलाको उन्नयन र विकासका लागि उपयोगी कार्यक्रमहरु सञ्चालन गरेकोले त्यसप्रति सबैले आशाको दृष्टिले हेरेका छन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१