पोखरा । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले पोखराको नयाँबजारमा शोरुम र सर्भिस सेन्टर खोलेको छ ।
पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा कम्पनीको विश्वास रहेको जनाएको छ ।
यहाँ खोलिएको शोरुम थ्रिएस सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुने जनाइएको छ । उद्घाटन उपलक्ष्यमा विभिन्न प्रकारका छुट सुविधा दिइएको छ ।
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो, जुन १९९१ मा स्थापित भएको थियो , यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ । जुन बलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादकमध्ये एक हो । नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन्। यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकल १२५ सिसीदेखि ७५० सिसीसम्मको प्रकारमा उपलब्ध छन् । यीनको मूल्य २ लाख ६४ हजारदेखि २५ लाख १५ हजारसम्म पर्दछ ।
कम्पनीमा पोखरा सहित देशका २२ सहरमा आफ्नो शोरुम विस्तार गरेको छ । विराटमोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा लगायतमा यसको शोरुम छन् ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१