पोखरा । कास्कीको पोखरा ३३ भरतपोखरीको बर मूल थलो भएका बरेली पौडेलहरूको यही मंसिर २२ गते हुने धान्यपूर्णिमाका दिन हुने कुलपूजाका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
बर माझथरको सिलिंगेमा शनिबार भएको बरेली पौडेल वंश तथा कुल पूजा व्यवस्थापन समितिको बैठकले कुलपूजालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेको समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
उनकाअनुसार पूजा सञ्चालन तथा पूजा सामग्री व्यवस्थापन समितिको संयोजक पीताम्बर पौडेल, सह संयोजक शंकरप्रसाद पौडेल चयन भए । सदस्यहरू चतुर्भुज शर्मा पौडेल र पशुपति पौडेल छन् ।
अभिलेख तथा सचिवालय उपसमिति संयोजक कमलप्रसाद पौडेल र सदस्यहरू शान्ति पौडेल (पाध्या), दण्डपाणि पौडेल, प्रकाश पौडेल र विष्णुहरि पौडेल छन् ।
पूजा मण्डप, आवासस्थल र साउन्डसिस्टम व्यवस्थापन उपसमितिमा संयोजकमा दामोदर पाध्या, सहसंयोजक नरहरि पौडेल र सदस्यहरू सुनील पौडेल, मदन पौडेल र कृष्ण पौडेल रहेका छन् ।
प्रसाद तथा भान्छा व्यवस्थापनमा संयोजक श्रीलाल पौडेल, सह संयोजक कमलप्रसाद पौडेल र सदस्यहरू किरण पौडेल, सुदन पौडेल छन् ।
समान ढुवानी तथा यातायात व्यवस्थापन उपसमितिमा संयोजक हरिराम पौडेल र सदस्यहरू दीपक पौडेल र नरहरि पौडेल चयन भए ।
मन्दिर सरसफाई तथा मर्मत उपसमितिमा टेकनाथ पौडेल पौडेलको संयोजकत्वमा रवि पौडेल, इन्दिरा पौडेल, शान्ति पौडेल र सविता पौडेल सदस्य छन् । मन्दिर सरसफाई तथा मर्मत आगामी मंसिर १७ गते शनिबार बिहान १०.०० बजे गरिने उक्त अवसरमा जानकारी गराइयो ।
कूलपूजाको प्रचारप्रसारका लागि यस अघिको बैठकले वासुदेव पौडेलको संयोजकत्वमा दण्डपाणि पौडेल र दामोदर पाध्या रहेकोे प्रचारप्रसार उपसमिति गठन गरेको थियो ।
कुलपूजामा बरेली पौडेल बन्धुबाटै महागरुड पुराण पारायण गर्ने निर्णयसमेत गरिएको सचिव कमलप्रसाद पौडेलले जानकारी दिए ।
बरेली पौडेल वंश तथा कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षता एवं सचिव कमलप्रसाद पौडेलको सञ्चालनमा भएको बैठकमा सल्लाहकार एवं सदस्यहरू तिलकराम पौडेल, सोमनाथ पौडेल, प्रा. चतुर्भुज शर्मा पौडेल, पीताम्बर पौडेल, शंकरप्रसाद पौडेल, रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, किरण पौडेल, पशुपति पौडेल, दामोदर पाध्या, श्रीलाल पौडेललगायतले विभिन्न सुझाव प्रस्तुत गरे ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१