चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा ९एमाले०का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो ।
ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गर्नुभयो ।
सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।
उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा ९एमाले०का जगन्नाथ थपलिया विजयी हुनुभएको छ । थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाउनुभएको थियो । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो ।
यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा ९एकिकृत समाजवादी०का कृष्णप्रसाद खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गर्नुभएको थियो । यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ । रासस
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१