चितवन । जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो ।
निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका हरि ढकालले आफ्नो अग्रता कायम राख्नुभएको हो । उहाँले २८ हजार ८३ मत प्राप्त गर्दा नेकपा ९एमाले०का सुरेन्द्र पाण्डेले २० हजार दुई सय ७५ मत प्राप्त गर्नुभएको हो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका विश्वनाथ पौडेलले १९ हजार एक सय ५१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । तीमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।
क्षेत्र नम्बर २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले ४२ हजार दुई सय १४ मतका साथ अग्रस्थानमा रहनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको उमेश श्रेष्ठले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोख्रेलले १३ हजार तीन सय आठ मत प्राप्त गर्नुभएको हो ।
यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । पछिल्लो परिणामअनुसार चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँले १९ हजार नौ सय ९७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले ११ हजार दुई सय ९५ प्राप्त गर्नुभएको छ ।
रास्वपाकी जीता बरालले नौ हजार तीन सय १७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले छ हजार एक सय १७ मत प्राप्त गर्नुभएको छ ।
सो क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१