पूर्व मुख्यमन्त्री  पृथ्वीसुब्बा गुरुङ विजयी

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
Gandaki cm ps gurung (3)

पोखरा । लमजुङबाट प्रतिनिधि सभा सदसयमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। गण्डकी प्रदेशका संस्थापक  मुख्यमन्त्री पृथ्वीसुब्बा  एमालेका उपमहासचिव हुन्।

पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९  प्राप्त गर्दा  देव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे । लमजुङबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा देव गुरुङ विजयी भएका थिए। पृथ्वी सुब्बा गुरुङ प्रदेश सभामा निर्वाचित भएका थिए। त्यतिबेला एमाले माओवादी गठबन्धन थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width