पोखरा । सिद्धार्थ बैंक बुद्धचोक शाखा पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १ लाख ४० हजार बराबरको कुर्ची सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकका शाखा प्रवन्धक विष्णुप्रसाद शर्माले अस्पतालको प्रसुति वार्डमा बिरामीका कुरुवाको बसाइमा सहज पुर्याउने उद्देश्यले उक्त रकम बराबरको १७ वटा कुर्ची सहयोग गरिएको बताए । सोमबार सा“झ शर्माले अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीलाई कुर्ची हस्तान्तरण गरेका थिए ।
‘बिरामीका आफन्त वा कुरुवालाई सहज बसाइका लागि कुर्ची सहयोग गरेका हौ’ शर्माले भने, ‘विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका थियौ । आगामी दिनमा पनि यो सहयोग जारी रहनेछ ।’
अस्पतालका निर्देशक खत्रीले बैंकको यो सहयोगप्रति आभार व्यक्त गरे । उनले कुर्चीको सही सदुपयोग भएर बिरामीका कुरुवालाई सहज हुने बताए । साथै भविष्यमा पनि सहयोगको अपेक्षा उनले गरे ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१