पोखरा । कास्की क्षेत्र ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल जीवनविरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालोसूची परेको प्रमाणसहित उनको उम्मेदवारी खारेज माग गर्दै बुधबार उजुरी दर्ता गरिएको हो । पोखरा २४, कास्कीकोटका बोधराज सुवेदीले कालोसूचीमा परेका उनको उम्मेदवारी खारेज माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता बरालले ३८ लाख २४ हजार ७०८ रुपैयाँ नतिरेको भनी गत २०७६ साल वैशाख १ मा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले उनलाई कालोसूचीमा राखेको हुँदा उनी उम्मेदवारको लागि अयोग्य रहेको सुवेदीको निवेदन जिकिर छ ।
उनको उम्मेदवारी खारेज माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा उजुरी दर्ता
उजुरीमा निज उम्मेदवार बराललाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा (१) बमोजिम झुठा विवरण लेखी मनोनयनपत्र पेस गरेको समेत स्पष्ट देखिएकोले उल्लेखिन कानुनी व्यवस्था बमोजिम निजको उम्मेदवारी खारेज गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा (३)(२) बमोजिम हदैसम्म सजाय गरी पाउँ भनी माग गरिएको छ । बरालसमेत संलग्न रहेको पोखराको नयाँबजारस्थित गण्डकी माछापुच्छे सहकारी संस्थालाई कोषले ५० लाख कर्जा दिएकोमा समयमै नबुझाएपछि कालोसूचीमा परेका हुन् । त्यसबेला उनीसहित १५ जना कालोसूचीमा परेका थिए ।
गण्डकी प्रदेशका बहालवाला अर्थमन्त्री समेत रहेका उम्मेदवार बराल प्रदेशसभाबाट प्रतिनिधिसभा सदस्यमा उक्लिन पुनः उम्मेदवारी दिएका हुन् । कास्की ३ मा उनको मुख्यत नेकपा एमालेका उम्मेदवादर दामोदर बैरागीसँग मुख्य प्रतिस्पर्धा छ । अघिल्लो चुनावमा कास्की ३ मा तत्कालीन बामगठबन्धनबाट एमालेका जगत विश्वकर्मा निर्वाचित भएका थिए ।
हेर्नोस् उजुरीको व्यहोरा,
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१