जेसिज सप्ताहन्त सुरु

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७९
jesis

पोखरा । लेखनाथ जेसिजको बिहीबारदेखि जेसिज सप्ताहन्त सुरु भएको छ । कात्तिक २६ सम्म विविध कार्यक्रमसाथ सुरु कार्यक्रमको पहिलो दिन बिहीबार त्रिवेणी इन्टरनेशनल कलेजका विद्यार्थीबीच अभिभुखीकरण तथा नेतृत्व विकास कार्यक्रम भयो । कलेज अध्यक्ष तथा लेखनाथ जेसिजका पूर्व अध्यक्ष सुमनमोहन भट्टराईले मानवताको सेवामा सर्मपित हुन युवालाई आग्रह गरे ।

लेखनाथ जेसिज अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष नेत्रपाणि बास्तोला, त्रिवेणी इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य, कार्यक्रम संयोजक मौसम बराल र सचिव कृष्ण तिवारी लगायतले युवाहरुले क्षमता अभिवृद्धि गर्दै समाज रुपान्तरणमा नेतृत्व लिन सक्नु पर्ने बताए । सप्ताहन्तको मुख्य कार्यक्रम शनिबार कास्की क्षेत्र १ का उम्मेदवारबीच सवालजवाफ कार्यक्रम रहेको कार्यक्रम संयोजक अर्जुन ओझाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width