पोखरामा गणेशमान सिंहको सम्झना

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७९
ganesh man

पोखरा, २४ कात्तिक । पोखरामा गणेशमान सिंहको सम्झना गरिएको छ । गणेशमान सिंह फाउन्डेसन कास्कीको आयोजनामा १०८ औं जन्मजयन्तीको सन्दर्भमा बिहीबार एक कार्यक्रमबीच उनको सम्झना गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले गशेणमान नेपाली राजनीतिका लौहपुरुष भएको स्मरण गरे । उनले सिंहले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा अग्रणी भूमिका खेलेको उल्लेख पनि गरे ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले सिंहमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता रहेको उल्लेख गर्दै उनको जीवनबाट एकताको संदेश लिनुपर्ने बताए ।

त्यस अवसरमा कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, फाउन्डेसन सल्लाहकार आनन्दराज मुल्मी र सोभियतबहादुर अधिकारी, पूर्व पार्टी सभापति कृष्ण केसी, पोखरा ३ पार्टी सभापति नारायणमान उदास, ४ पार्टी सभापति गोविन्द पराजुली, २ पार्टी सभापति अरुण कायस्थ, पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा ३ का अध्यक्ष प्रकाशमान् बतास, ४ का वडाध्यक्ष देवकृष्ण पराजली, फाउन्डेसनका सदस्य वीरेन्द्रनारायण विजुक्छे, संविधानसभा सदस्य कृष्णकुमारी परियार, कांग्रेस नेता दुर्गा तिमिल्सिना लगायतले पनि भनाइ राखे ।

फाउन्डेसनका सचिव मुक्तिराम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ सदस्य राजेन्द्रनीधि कोइरालाले स्वागत, सल्लाहकार टंकमान नापितले धन्यवाद ज्ञापन साथै कोषाध्यक्ष सुनयना पालिखेले कार्यक्रम संचालन गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width