परम्परा एवं सभ्यताको जगेर्ना गर्नु साझा दायित्व : मुख्यमन्त्री पोखरेल

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७९
cm kc nepali

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरुले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने बताएका छन् । विजयदशमी २०७९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीचको एकतालाई थप मजबुत बनाउन दसैं र यस्ता पर्वहरुले अभूतपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, हाम्रो देश नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण छ । विविधताबीचको एकता नै हामी नेपालीको विशेषता हो ।

मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी नेपालीको साझा दायित्व रहेको उनले उल्लेख गरेका छन् । सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको भन्दै उनले हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको बताएका छन् ।

स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुमा विजयादशमी २०७९ का अवसरमा सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने पर्वका रुपमा मनाउन प्रदेशवासी, सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरेका छन् । महामारीका रुपमा फैलिएको डेंगीबाट जोगिन आवश्यक मापदण्ड पूर्णरुपमा अवलम्बन गरी पर्वको खुसियाली साट्न उनले हार्दिक अपिल गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width